हाइकर्स क्लबद्धारा फेदीखोला बाँगे फड्केको प्रवर्द्धन

पाेखरा | चैत ३, २०७९

हाइकर्स क्लबद्धारा फेदीखोला बाँगे फड्केको प्रवर्द्धन

पोखरा:  हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँको हाइकिङ (एक दिने पदयात्रा) मार्फत प्रबद्र्धन गरेको छ ।


विभिन्न जातजातीको वसोबास रहेको उक्त गाउँ कुनै वेला पञ्चासे जाने विदेशी पर्यटकको रोजाइको क्षेत्र बाँगे पछिल्लो समय सुस्ताउँदै गएकोले सो क्षेत्रको प्रबद्र्धनको लागि हाइकिङ समुह पुगेको उक्त कार्यक्रमका यातायात संयोजक राजकुमार क्षेत्रीले वताए ।


आन्तरिक पर्यटनको प्रवद्र्धन गर्दै स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने उद्धेश्यले विगत ४ वर्षदेखि निरन्तर संचालन भइरहेको हाइकिङ भाग ३२ औं श्रृङ्खला सम्पन्न गरिएको हो ।


सो कार्यक्रममा १० वर्ष देखि ६५ वर्षसम्मका ३२ जना सहभागी रहेका थिए । उक्त समुह पोखराबाट फेदीखोला ३ भाटखोलाको पारिकोवारी सम्म मिनि वसमा र पारिकोवारी देखि वाँगे मैदान स्कुलसम्म स्थानिय जिपको यात्रामा रमाउदै गएको थियो ।


बाँगे गाउँमा खानपिन गरेपछि हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाटको नेतृत्वमा शिव मन्दिर, गोराको वारी, वडा कार्यलय, हुदै डाँडाको पोखरासम्म पैदल यात्रा गरेको थियो भने उक्त चौताराबाट फर्किएर ऐतिहासिक कोट मन्दिर (काल भैरब मन्दिर) दर्शन गरी पैदल नै भाटखोलाको चिप्लेटी हुँदै भालुपहाडको अवलोकन गर्दै हाइकिङ सम्पन्न गरेको थियो ।


आगामी हाइकिङ चैत्र महिना २५ गते अन्तिम शनिबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा गरिने भएको छ । खाना र यातायात व्यवस्थापनको लागि सहज वनाउन सहभागी हुन इच्छुकले २० गतेसम्म नाम दर्ता गर्न अर्थ संयोजक टिका आचार्य सुवेदीले अनुरोध गरेकी छन् ।

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

थप पढ्नुहोस्

काठमाडौंः   प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।  सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित नि...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । 'सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक' भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म ...

थप पढ्नुहोस्